
चैत ६ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा विभिन्न मुलुक तथा लगानीकर्ताहरुले सुनको लगानीप्रति आकर्षित भएसँगै सुनको मूल्य बढिरहेको हो ।
प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार