२०८१ मङ्सिर १९ गते बुधवार

सुन एकै दिनमा प्रतितोला १५ हजार ९०० रुपैयाँले घट्यो

मंसिर १० गते, सोमबार सुनको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि ११५ रुपैयाँले गिरावट आएको छ । चाँदीको प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्य ह्वातै घटेको हाे । सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले १० प्रतिशतविन्दुले घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो । त्यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस