२०८१ चैत्र १० गते आइतवार

दोस्रो बृहत सल्यान महोत्सवस्थलमा रहेका ८० वटा स्टल आगलागीमा जलेर नष्ट

सल्यानको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा जारी जारी दोस्रो बृहत् सल्यान महोत्सव आगलागीबाट ध्वस्त भएको छ। महोत्सवको आठौं दिन राति ११ बजेतिर आगलागी भएको हो ।आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएको झण्डै डेढ सय स्टल मध्य ८० बढी स्टलकाे करोडौँ मूल्य बराबरको सामग्री जलेर नष्ट भएको व्यापारीले बताएका छन् ।

आगलागीका कारण महोत्सव पनि पूर्ण रुपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

स्टलमा सामान्य एक व्यक्तिको १० लाखदेखि ६० लाखसम्मको सामान जलेर नष्ट भएको व्यापारीहरुको भनाई छ । आगलागीबाट क्षतिको एकिन विवरण नआएपनि १२ करोड बढीको क्षति भएको अनुमान गरिएको उनीहरुको भनाई छ । आगलागि के कसरी भयो यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस