
नेपालमा पहिलो पटक बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर समेत गरी सोमबार सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेबाट SARBTM कारोबार संकेत प्राप्त गरेको कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार