“स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा पालिका स्तरीय छैटौं अध्यक्ष कप २०८२ को समुद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष श्री भरत गिरीको अध्यक्षता संचालन भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर वस्नेत, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कंडेल, ५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरु, ५ वटै वडाबाट आयोजित भलिवल पुरुष र महिला तर्फका खेलमा सहभागि खेलाडीहरु लगायत खेलप्रेमी स्थानीयहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय खेलको रुपमा रहेको भलिवल खेललाई सिद्ध कुमाख गाउँपालिकाले हरेक वर्ष अध्यक्ष कपको रुपमा संचालन गर्दै आएको छ । आगामी वर्षदेखि फुटवल र क्रिकेट खेललाई पनि अध्यक्ष कपमा समावेश गर्ने उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्षले बताउनुभएको छ । उद्घाटन कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिले कार्यक्रम भव्य सफलताको शुभकामना प्रकट गर्नुभएको थियो । सिद्ध कुमाख गाउँपालिकाका प्रसाशन शाखा प्रमुख कमल चन्दले संचालन गरेको कार्यक्रममा बरिष्ठ शिक्षा अधिकृत प्रतिभा वलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सिद्ध कुमाख गाउँपालिका वडा नं २ मा रहेको श्री देउराली माविको प्रांगणमा संचालन भएको छ । आज संचालन भएका वडा नं ३ र ५ विचको पुरुष तर्फको भलिवल खेलमा वडा नं ३ ले जित हासिल गरेको छ भने वडा नं १ र वडा नं २ विचको भलिवल खेलमा वडा नं १ ले जित हासिल गरेको छ । भलिवल खेललाई राष्ट्रिय रेफ्रि FIVB Level 1 Coach दोर्ण चन्दले मूख्य रेफ्रिको रुपमा खेलाउनुभएको थियो ।





