२०८१ माघ १३ गते आइतवार

निफ्रा पछिको ठुलो आईपिओ हिमालयन रि इन्स्योरेन्समा पहिलो दिनमै ३ लाख बढीको पर्यो आवेदन

हिमालयन रि इन्स्योरेन्स कम्पनी HRIL को  प्रिमियम मूल्यमा खुलेकाे आईपीओमा ३ लाख भन्दा बढी आवेदन परेका छन् । आजदेखि खुलेकाे कम्पनीको आईपीओमा पहिलाे दिन नै  ६० लाख ३० हजार ७८० कित्ताकाे शेयर माग भएकाे हाे ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ३ लाख ३७ हजार ९६४ वटा आवेदन परेकाे छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरेको छ। त्यसैगरी, कम्पनीले १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई तथा ५ प्रतिशत अर्थात १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।कम्पनीले निष्काशन गरेको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस