२०८३ जेष्ठ ११ गते आइतवार

तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई

जेठ १०, २०८३ । सल्यान खलंगा लुहापिङ खेलमैदानमा आज सम्पन्न तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ ।
फाइनल खेलमा बागचौर नगरपालिकालाई पराजित गर्दै शारदा विजेता बनेको हो । 🎉
🏅 विजेता शारदा नगरपालिकाले नगद रु १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
🥈 उपविजेता बागचौर नगरपालिकाले नगद रु ५० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

शारदा नगरपालिकाले दिएको जानकारी अनुसार:-
📌 फाइनल खेलको स्कोरः
🔹 बागचौर नगरपालिका
टस जितेर पहिले ब्याटिङ गरेको बागचौरले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनायो ।
🏏 प्रमुख ब्याटरः
▪️ बामदेव के.सी. – १९ रन
▪️ निर्मल डाँगी – १६ रन
▪️ सुर्य सुनार – १४ रन
▪️ गोविन्द वली – १२ रन
🎯 शारदाका उत्कृष्ट बलरः
▪️ चन्द्र कुमार बुढा – २ विकेट (३.४ ओभर, १२ रन)
▪️ सन्दिप गन्धर्व – २ विकेट (४ ओभर, २१ रन)
🔹 शारदा नगरपालिका
११० रनको लक्ष्य पछ्याएको शारदाले १४.५ ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनाउँदै शानदार जित हात पार्यो ।
🏏 प्रमुख ब्याटरः
▪️ चन्द्र कुमार बुढा – ६३ रन
▪️ मदन खत्री – २१ रन
🎯 बागचौरका बलरः
▪️ गगन ओली – २ विकेट (१.५ ओभर, ९ रन)
▪️ हेमराज बस्नेत – १ विकेट (४ ओभर, १८ रन)
🌟 पुरस्कार विजेताः
🏅 प्लेयर अफ द म्याच – चन्द्र कुमार बुढा (शारदा)
(६३ रन र २ विकेट)
🏆 प्लेयर अफ द टुर्नामेन्ट – चन्द्र कुमार बुढा (शारदा)
🏏 बेस्ट प्लेयर – सन्दिप गन्धर्व (शारदा)
🏏 बेस्ट ब्याटर – सचिन विक (कुमाख)
🧤 बेस्ट विकेटकिपर – मोहन के.सी. (त्रिवेणी)
🤾‍♂️ बेस्ट फिल्डर – सन्दिप गन्धर्व (शारदा)
⭐ इमर्जिङ प्लेयर – आरुष विष्ट (शारदा)

क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी रहनुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले विजेता र उपविजेता टिमलाई बधाई दिदै
प्रतियोगिता सफल पार्न को लागि भूमिका खेल्ने क्रिकेट संघ सल्यानको टिम, अफिसियल टिम, सुरक्षाकर्मी, पत्रकार, नगर प्रहरी, खेलाडी लगायत खेलप्रमीहरुलाई धन्यवाद दिनुका साथै अर्को सिजन थप परिस्कृत ढंगले आयोजना हुने बताउनु भयो ।
कार्यक्रममा शसस्त्र प्रहरी बल सल्यानका प्रमुख भरत बहादुर कुवर, राष्ट्रिय अनुशन्धान सल्यान प्रमुख चन्द्रकमल खड्का, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनि देवराज भट्टाराई, कार्यपालिका सदस्य प्राण कुमार राई, क्रिकेट संघ कर्णाली प्रदेश सदस्य बुलन्द बाबु सेजवाल, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावत, अफिसियल टिम, सुरक्षाकर्मी, पत्रकार, नगरप्रहरी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
शारदा नगरपालिकाको आयोजना र क्रिकेट एशोसियसन अफ सल्यानको समन्वयमा जेठ ४ देखि संचालित प्रतियोगिता जेठ १० गते समापन भएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस