२०८१ चैत्र १० गते आइतवार

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड(VLUCL)को आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड(VLUCL)को आईपीओमा तेस्राे काराेबार दिनसम्ममा  ४.७६ गुणा बढी आवेदन परेको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ८ लाख ४७ हजार ७७० जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आईतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको ९८ लाख ८० हजार ४३० कित्ता शेयर माग गरिएको छ । भिजन लुम्बिनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले जारी गरेको आईपीओमा ९८ करोड ८० लाख ४३ हजार रूपैयाँको आवेदन परेको हो। कम्पनीले निष्काशन गरेको आईपीओमा भाेली कार्तिक २० गते बेलुका ५ बजे सम्ममा आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस