२०८१ माघ १३ गते आइतवार

नेप्सेमा गिरावट निरन्तरः कारोबारमा आएको पहिलो दिनमै नेगेटिभ सर्किट

दशैंअघि सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचकले दशैं पछिको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २८३ स्टकको ३३ हजार ९६४ पटकको कारोबारमा ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ४ लाख हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसै दिनदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३५० रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस