२०८१ माघ २५ गते शुक्रवार

निजामती कर्मचारीका लागि खुशीको खवरः खुल्यो वैदेशिक अध्ययन छात्रवृत्ति आवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।शाखाका अनुसार इच्छुक निजामती कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित १० कात्तिकभित्र निवेदन पेस गर्नुपर्नेछ ।

शाखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन शाखाको जनशक्ति योजना तथा विकास शाखाले खुल्ला गरेको जापान र अमेरिकाको विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तह अध्ययनका लागि आवेदन पेश गर्न सूचित गरेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस