सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरीय आधारभूत तह (कक्षा १-३) मा अध्ययनरत विद्यार्थीहरुका लागि पठन सीप पहिचान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिद्ध कुमाख गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुबाट सहभागिता रहेको थियो । कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, सामाजिक विकास समिति संयोजक तथा वडा न ४ का अध्यक्ष खर्कविर रोका, रुम टु रिडबाट बाबुराम पोख्रेल लगायत सहभागि विद्यालयका प्रअ तथा शिक्षक र प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी २६ वटा विद्यालयका कक्षा १ मा २१ जना, कक्षा २ मा २६ जना र कक्षा ३ मा २५ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई कक्षा अनुसारको नेपाली शव्द १२० वटा १ मिनेटभित्रमा पढ्न लगाइएको थियो जसमा १ मिनेट भित्र सवैभन्दा धेरै शुद्ध शव्दहरु उच्चारण गरी बिजेता हुने विद्यार्थीहरुको नतिजा यसप्रकार रहेको छ ।
कक्षा १ तर्फः
प्रथमः देवराज डाँगी- ब्राइट ह्यूमन एकेडेमी सिद्ध कुमाख ३ ढोरचौर
द्वितियः बिपना नाथ- एम आर वि एकेडेमी सिद्ध कुमाख १ बाँझकाडा
तृतीयः रोशनी बोहरा- कुमाख मालिका एकेडेमी सिद्ध कुमाख ४ करेञ्जी
कक्षा २ तर्फः
प्रथमः प्रशंशा बुढाथोकी- ब्राइट ह्यूमन एकेडेमी सिद्ध कुमाख ३ ढोरचौर
द्वितियः मिसन गिरी – निराजन माध्यमिक विद्यालय सिद्ध कुमाख ३ ढोरचौर
तृतीयः गौरव बुढाथोकी- एम आर वि एकेडेमी सिद्ध कुमाख १ बाँझकाडा
कक्षा ३ तर्फः
प्रथमः आरोही खड्का- ब्राइट ह्यूमन एकेडेमी सिद्ध कुमाख ३ ढोरचौर
द्वितियः जेनिशा ओली- एम आर वि एकेडेमी सिद्ध कुमाख १ बाँझकाडा
तृतीयः हिमा सुनार – निराजन माध्यमिक विद्यालय सिद्ध कुमाख ३ ढोरचौर
नतिजालाई हेर्दा पठन सीप क्षमतामा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयहरुको नतिजा उत्कृष्ठ देखिएको छ ।