
२०८० सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आज (चैत १५ गते) देखि शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड अनुसार आज बिहान ८ बजेदेखि ११ बजेसम्म एसईई परीक्षा सञ्चालन हुनेछ।
नियमित तथा ग्रेडवृद्धितर्फ यस दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा रहेको छ। त्यस्तै, भोली अनिवार्य नेपालीको परीक्षा रहेको छ। यस वर्षदेखि NG प्रणाली लागू हुने राष्ट्रिय परीक वोर्डले यस अघि नै जनाएको थियोे । हेर्नुस् पुरै परीक तालिका

राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन्