जेष्ठ १४, सल्यान ।
सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा जिल्ला समन्वय समिति सल्यानको सभाहलमा सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिद्ध कुमाख गाउँपालिकाको समुह प्रथम भएको छ । सल्यान जिल्लाका १० पालिका मध्ये ८ वटा पालिकाले सहभागिता जनाएकोमा सिद्ध कुमाख गापा प्रथम, बनगाड कुपिण्डे नगरपालिका द्वितिय, बागचौर नगरपालिका तृतीय र दार्मा गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेका छन ।
गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरुलाई क्रमश प्रथमलाई रु १५०००, द्वितियलाई रु १३०००, तृतियलाई रु १०००० र सान्त्वना हुनेलाई रु ८००० नगद पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । उल्लेखित पुरस्कार रकममा २५ प्रतिशत कर कटाएर प्रदान गरेको आयोजकले जनाएको छ । सामाजिक विकास कार्यालय सल्यानका कार्यालय प्रमुख कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी रहनुभएको थियो ।