२०८१ चैत्र १० गते आइतवार

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण (यसरी हेर्नुहोस नतिजा)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हो। यस वर्षको कक्षा १२ को परीक्षा दिएका मध्ये ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकाे बोर्डले जनाएको छ।

बोर्डले गत वैशाखमा कक्षा १२ को परीक्षा लिएकाे थियो। उक्त परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए।  तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

नतिजा चेक गर्नको लागिः https://neb.ntc.net.np/ मा क्लिक गरी सिम्वोल नम्वर र जन्ममिति प्रयोग गरी नतिजा हेर्न सकिनेछ । साथै एसएमएस मार्फत  NEB < space > SYMBOL लेखि  1600 मा पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस