२०८१ माघ १३ गते आइतवार

सार्वजनिक खरिद, लेखापरिक्षण तथा बेरुजु व्यवस्थापन सम्बन्धि ३ दिने कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न

सिद्ध कुमाख गाउँपालिका र शारदा नगरपालिका सल्यानको संयुक्त आयोजनामा संचालन भएको सार्वजनिक खरिद, लेखापरिक्षण तथा बेरुजु व्यवस्थापन सम्बन्धि ३ दिने कर्मचारी क्षमता अभिबृद्धि तालिम बुधबार सम्पन्न भएको छ । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आथित्यतामा भएको समापन कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक सुशासनको व्यवस्थापनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुनाले कर्मचारीहरुको क्षमता ज्ञान अभिबृद्धिका लागि पालिकाले उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भयो ।

समापन कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, तालिमका प्रशिक्षक एवं सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका लेखा अधिकृत दिनेश लम्साल र कार्यक्रमका सहभागि तथा सिद्ध कुमाख गाउँपालिकाका योजना शाखा प्रमुख राजेश बोहराले मन्तव्य राख्नु भएको थियो ।

पौष २२ गते बाट सुरु भएको तालिममा दुइ वटै पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु गरेर ४६ जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस