२०८१ माघ १३ गते आइतवार

सल्यानका २ पालिकाको साझेदारीमा कर्मचारी क्षमता अभिवृद्धि तालिम संचालन

सिद्ध कुमाख गाउँपालिका र शारदा नगरपालिकाको साझेदारीमा सार्वजनिक खरिद, लेखा परिक्षण तथा बेरुजु व्यवस्थापन सम्वन्धि कर्मचारी क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । शारदा नगरपालिकाको उपप्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका लेखा अधिकृत तथा तालिमका प्रशिक्षक दिनेश लम्साल र दुवै पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सल्यानका २ छिमेकीपालिका विच आयोजित यस कार्यक्रमले अन्तरसम्वन्धित विषयमा अन्तर्क्रिया हुने साथै कर्मचारीको क्षमतामा समेत वृद्धि हुने भएको हुदा कार्यक्रम फलदायी हुने सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले स्वागत मन्तव्य राख्दै बताउनुभयो ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीको बारेमा सिकाई सँगै उचित कार्यान्वयनमा यस तालिमले सहयोग पुर्याउने सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले बताउनुभयो । सार्वजनिक कोषको ७० प्रतिशत भन्दा बढी बजेट सार्वजनिक खरिदमा प्रयोग हुने भएको हुदाँ यसमा पारदर्शिता, प्रभावकारिता, गुणस्तरियता र विश्वासनियता कायम गर्न तालिमले थप सहज बनाउने शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाले जनाउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस