
सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित सिद्ध कुमाख गाउँपालिका १ बाँझकाँडाको महेन्द्र आदर्श माध्यमिक बिद्यालयमा अन्तर बिद्यालय स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता फागुन ६ गतेसम्म संचालन हुनेछ ।
खेलकुद प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष भरत गिरी र कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्दै खेलकुदलाई शिक्षा, अनुशासन र नेतृत्व विकासको माध्यमका रूपमा पनि हेरिरहेको बताउनु भयो । खेल क्षेत्रले खेलाडीहरुको मनोबल र आत्मा बिश्वास बढाउने बताउदै उहाँले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालयका ४ सय ९१ जना बिद्यार्थी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरि ४ वटा बिधामा ३६ खेल हुनेछन । कार्यक्रममा बिशिष्ट अतिथिहरु कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी , गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्दै खेल क्षेत्रले विद्यार्थीको प्रतिभालाई पहिचान गर्ने तथा खेलकुदले कुनै विभेद नगरी एकताको सुत्रमा बाधेर अनुशासनको बाटो तिर लैजाने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, वडा अध्यक्षहरु, वडाका जनप्रतिनिधि सहित पुर्व जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकारहरु, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी एवम खेलाडीहरु र खेलप्रेमीहरुको सहभागिता रहेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष रमेश चलाउनेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण कमल चन्दले गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्कने विभिन्न झाँकीहरु, नृत्यहरु, कवाज तथा पिटी समेत प्रस्तुत गरिएको थियो ।
खेलकुद प्रतियोगिताको उदघाटन पालिका अध्यक्ष भरत गिरी र कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष गिरिले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्दै खेलकुदलाई शिक्षा, अनुशासन र नेतृत्व विकासको माध्यमका रूपमा पनि हेरिरहेको बताउनु भयो । खेल क्षेत्रले खेलाडीहरुको मनोबल र आत्मा बिश्वास बढाउने बताउदै उहाँले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालयका ४ सय ९१ जना बिद्यार्थी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डि, एथलेटिक्स र मार्सल आर्ट गरि ४ वटा बिधामा ३६ खेल हुनेछन । कार्यक्रममा बिशिष्ट अतिथिहरु कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढा , गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्दै खेल क्षेत्रले विद्यार्थीको प्रतिभालाई पहिचान गर्ने तथा खेलकुदले कुनै विभेद नगरी एकताको सुत्रमा बाधेर अनुशासनको बाटो तिर लैजाने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडका, वडा अध्यक्षहरु, वडाका जनप्रतिनिधि सहित पुर्व जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकारहरु, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी एवम खेलाडीहरु र खेलप्रेमीहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्कने विभिन्न झाँकीहरु, नृत्यहरु, कवाज तथा पिटी प्रस्तुत गरिएको थियो ।