२०८१ माघ १३ गते आइतवार

सयपत्री फुलहरु ढकमक्क फुलेका छन, बजार मुल्य निर्धारण नहुदाँ पिडामा व्यवसायी

शारदा नगरपालिका १ पट्नेरी सल्यानमा रहेको साथि पुष्प एण्ड तरकारी फर्ममा हामि पुग्दा संचालक कुमार हमाल निराश देखिएः बारीभरी सयपत्री फुलहरु ढकमक्क फुलेका थिए तर पनि हमाल खुशि थिएनन् । गत वर्षको जस्तो बजार नपाएर हो की वा ग्राहक सम्म सयपत्री पुष्प पुर्याउन गाह्रो भएर हो ? हामीले सोध्यौ तर यि दुवै प्रश्न गलत भए । पुष्प व्यवसाय राम्रो छ, यसको बजार पनि छ र ठाउँ ठाउँ बाट माग पनि आउछ, आज विहान मात्रै १५० केजी नेपालगंज पनि पठायौ तर बजार मुल्य भएन । बिचौलियाले फाइदा लिने भए । गत वर्ष प्रतिकेजी ४०० देखि ५०० सम्म विक्री गरेकोमा यस वर्ष वरीपरी सवैले पुष्प व्यवसाय गरेर आफुखुशि बजार मुल्य तोकेर विक्री गर्दा समस्या भयो उनले भने । म बाट नै पुष्पको वेर्नाहरु लिएर उनिहरुले खेति गरे तर अहिले विक्री गर्दा एउटै मुल्य निर्धारण गर्न सकिएन ।

उनले स्थानीय सरकार सँग पुष्पको बजार मुल्य निर्धारण गरिदिन र कोल्ड स्टोर निर्माण गर्न पहल गरिदन समेत माग गरेका छन । हेरौ उनिसँग गरिएको पुरै कुराकानीः

https://youtu.be/bUPVo1OXy9o
कुराकानीः

फोटो फिचरः

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस