अहिले विश्वमा उच्च रक्तचाप घरघरको साझा रोग बनेको छ । अस्वस्थ आहार, नकरात्मक सोच, तनाव र अप्राकृतिक जीवनशैलीको कारण यसको समस्या व्यापक वन्दै गएको छ । विशेषगरी १२०/८० सम्मको रक्तचापलाई सामान्य रक्तचाप मानिन्छ । उमेर बढेसँगै १३०/९० सम्मलाइ पनि सामान्य मान्न सकिन्छ तर १४०/९० देखि वढ्न थाल्यो भने उच्च रक्तचाप भएको मानिन्छ ।
उच्च रक्तचापलाई समयमै उपचार गराउन सकिएन भने हृदय रोग, पक्षघात, मधुमेह, मृगौला खरावी, आँखा कमजोरी, अति दुर्वलता जस्ता समस्या निम्तिन्छन ।
लक्षणहरुः
- रक्तचाप १२०/८० बाट वढ्दै जानु
- टाउको दुख्नु, रिंगटा लाग्नु
- काँध, पाखुरा, ढाड र खुट्टा दुख्नु
- मुटुको धड्कन वढ्नु
- शारीरिक र मानसिक थकान हुनु
- निद्रा नलाग्नु
- अनुहारमा मलिनता वा तनाव देखिनु
- आँखा रातो हुनु
कारणः
- मसालेदार र प्याकिङ खानाहरु खानु
- मानसिक तनाव लिनु
- वंशानुगत गुणबाट सर्नु
- चिया कफी धेरै पिउनु
- अपच हुनु
- मृगौलामा समस्या हुनु
- मुटुको समस्या हुनु
घरेलु उपचारको तरिकाः
- हरेक दिन विहान १ गिलास पानीमा १ चम्चा मह र १ वटा कागती मिलाएर पिउने ।
- खाली पेटमा मनतातो पानीमा मह मिलाएर तुलसीको पात चपाउदा पनि उपयुक्त हुने ।
- दैनिक ४-६ केस्रा लसुनका पोटी पोलेर वा नपोलेर भएपनि खादा उपयुक्त हुने ।
- हरेक दिन खानामा सागपातलाई जोड दिने
- पाएसम्म दैनिक १ वटा सुन्तला प्रयोग गर्ने जसमा पाइने भिटामिन सि ले पनि रक्तचाप घटाउन सहयोग गर्ने ।
- विहान विहान दिल खोलेर जोड जोडले हास्ने
- तनावलाई जरैदेखि फाल्नेः दैनिक १०८ पटक ॐ जप गर्ने र सकरात्मक कुराहरु गर्ने ।
प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार