
सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समिति र युवा नेपाल समिति सल्यानको समन्वयमा निराजन माविको प्राङ्गनमा संचालन भएको निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । ५ दिनसम्म निरन्तर संचालन भएको योग विज्ञान शिविर आज विधिवत रुपमा सम्मपन्न भएको हो । योगाभ्यास प्राकृतिक उपचार विज्ञान भएको हुदाँ यसलाई निरोगीहरुले रोग लाग्नै नदिन र रोग लागेकोले त्यसको निर्मूल पार्न निरन्तर योग गर्नुपर्ने गाउँपालिका अध्यक्षले सन्देश दिनुभएको छ । ५ दिनसम्म निःशुल्क योग विज्ञान शिविरमा समन्वय गर्ने पतिञ्जली योग समिति सल्यान र युवा नेपाल समितिलाइ साथै योगमा जोडिने सम्पुर्णलाई हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । पतञ्जली योग समिति कर्णालीको पूर्व क्षेत्र संयोजक बसन्त शर्मा, पतञ्जली योग समिति केन्द्रिय सदस्य लोकनाथ खनाल ५ दिनसम्म मूख्य प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
योगलाइ गाउँ टोलसम्म फैलाउन सवैले हातेमालो गरेर लाग्नुपर्ने र पालिकाले पनि सहजिकरण गर्ने गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले जनाउनुभएको छ । सिद्ध कुमाख गाउँपालिकामा योगलाइ औपचारिक रुपमा संस्थागत गर्न अमृत बोहराको संयोजकत्वमा सिद्ध कुमाख गाउँपालिका योग समिति समेत गठन गरिएको छ ।
फेसवुक समाचारः https://www.facebook.com/share/p/1G6HENRoZC/