
गाउँघरमा सित्तैमा पाइने पुदिनामा धेरै औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ । हेरौ केही उपयोगी फाइदाहरू:
१. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
२. पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।
३. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
४. पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।
५. ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
६. दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।
७. नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ ।
८. यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।
९. यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
१०. पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।
११. यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई/दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।
१२. यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।
तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।