२०८१ माघ २५ गते शुक्रवार

सुनौला हजार दिनका आमा र बच्चाको लागि अध्यक्ष पोषण पिठो बितरणः

चैत्र ५, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकाले अध्यक्ष पोषण पिठो वितरण कार्यक्रम ल्याएको छ । सुनौला हजार दिनका आमा र बच्चाको पोषण सुधारको लागि उक्त कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ । बच्चाहरुको नियमित बृद्धि अनुगमन गर्न, हजार दिने गर्भवती आमा तथा वच्चाहरुको पोषण सुधार गर्नको लागि यो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भएको छ । दिर्घकालिन रुपमा समाजलाई परिवर्तन गर्नको लागि सवैभन्दा पहिला सिद्ध कुमाख बासी स्वस्थ जन्मिनुपर्ने, स्वस्थ जन्मियो भने उसलाई उचित शिक्षा दिनुपर्नेमा गाउँपालिकाको समेत दायित्व रहेको हुदाँ शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि काम गरिरहेको उहाँले बताउनुभयो । बच्चाहरुको बृद्धि विकास गर्भास्थामा ३० प्रतिशत, जन्मिएको १ वर्षभित्र २५ प्रतिशत र २ वर्षसम्ममा अर्को २५ प्रतिशत गरी ८० प्रतिशत वृद्धि विकास सुनौला हजार दिनभित्र हुने हुदाँ यो कार्यक्रमले पोषण सुधार गरी वृद्धि विकास र सरसफाइमा समेत सहयोग पुर्याउने साथै दैनिक पोषण युक्त खाने बानिकोको विकास गराउने स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद यादवले जनाउनुभएको छ ।

आधारभूत स्वास्थ्य केन्द्र भडारेबाट ६५ जना र स्वास्थ्यचौकी सिद्धेश्वरीबाट ४४ जना गरी १०९ जनालाई गाउँपालिका अध्यक्ष मार्फत पोषण पिठो वितरण गरिएको छ । यस अघि वडा न १ मा रहेको स्वास्थ्यचौकी बाँझकाडाबाट १६४ जना सुनौला हजार दिने आमा तथा बच्चाहरुलाई अध्यक्ष पोषण पिठो वितरण गरिएको थियो । यसैगरी वडा न ३, ४ र ५ पनि यो कार्यक्रम क्रमश गरिदै लैजाने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस