२०८१ असोज ३ गते बिहिवार

निःशुल्क आखाँ शिविरमा १३६ जनाले सेवा लिए

सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । शिविरमा गाउँपालिका भित्रका १३६ जनाले सेवा लिएका छन । शिविरमा आएका विरामीहरुमध्ये मोतिविन्दु भएका २५ जना, आखाँमा मासु पलाएका १२ जना, दृष्टि दोषभएका १९ जना र सामान्य किसिमका समस्या भएका ८० जना गरी १३६ जनाको उपचार गरिएको हो भने जटिल समस्या देखिएका ७ जनालाई अप्रेशन गरी उपचार गर्नको लागि रिफर गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद यादवले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस