२०८१ मङ्सिर १९ गते बुधवार

सल्यानको सवैभन्दा ठुलो मेला आज लाग्दैः यस्तो छ यस वर्ष कुमाख मेलाको रौनक

सल्यान, कार्तिक ११ । कोजाग्रत पुर्णिमाको दिन लाग्ने कुमाख मेला सल्यान जिल्लाको सवैभन्दा ठुलो मेलाको रुपमा लिने गरिन्छ । हरेक वर्ष यसै तिथिमा सिद्ध कुमाख र कुमाख गाउँपालिकाको संगममा लाग्ने कुमाख मेलाको धार्मिक, साँस्कृतिक, व्यापारिक तथा पर्यटकीय हिसावले निकै महत्वपुर्ण मानिन्छ । सल्यान जिल्लाको दोस्रो अग्लो लेक कुमाख लेकमा सिद्ध बाबाको मन्दिर रहेको छ ।

मन्दिरमा पुजा गरिसकेपछि करिव १ किलोमिटर तल समथर भुभागमा लाग्ने कुमाख मेलाको अवलोकन गर्न हजारौ दर्शकहरुको घुइचो लाग्दछ ।

यस वर्षदेखि खेलकुदलाई पनि समेट्दै प्रथम बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कुमाख मेला ब्यवस्थापन समितिले जनाएको छ । कार्तिक ९ गते भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेको कार्यक्रम आज कुमाख मेलासँगै सकिनेछ ।

खेलकुद कार्यक्रम अन्तर्गत भलिवलका लागि कुमाख, दार्मा, सिद्ध कुमाख, छत्रेश्वरी, बन्गाड र बागचौरका गरी २२ टिमको सहभागिता रहेकोमा फाइनल यात्राको लागि बागचौर, छत्रेश्वरी तथा सिद्ध कुमाख र कुमाख भिड्दैछन ।

भलिवलमा प्रथम, द्वितीय र तृतियलाई क्रमशः १ लाख १ हजार १ सय ११, ७५ हजार १ सय ११ र ५० हजार १ सय ११ राशीको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी मेलामा विभिन्न साँस्कृतिक झाकीका साथै विभिन्न कलाकारहरूले साँगितिक प्रस्तुति समेत मेलाका आकर्षण रहनेछन ।

कुमाख मेलाका थप आकर्षणहरुः कुमाख मेला र यस आसपासमा थुप्रै गुफाहरु रहेका छन । कुमाख मेला लाग्ने ठाउँदेखि नजिकै सिद्ध कुमाख २ खण्डकमा सिद्ध गुफा रहेको छ । एक छेउबाट छिरेर अर्को ठाउँबाट निस्कन मिल्ने यो गुफा निकै अनौठो रहेको छ ।

कुमाख मेलाका धार्मिक र साँस्कृतिक विशेषतामात्रै नभएर यस मेलामा स्थानीय व्यापार समेत राम्रो भएको मानिन्छ । मेलामा स्थानीय स्तरमा उत्पादन हुने केरा, वदाम, तरुल, शखरखण्ड, जेरी लगायतको व्यापार हुने गर्दछ ।

थप कुराः यस अघिका मेलाहरुको भिडियो हेर्नको लागि

सिद्ध बाबा मन्दिर र कुमाख मेलाः २०७५
कुमाख मेला २०७६
कोभिडको कारण सुनसान कुमाख मेलाः २०७७
कुमाख लेक भ्रमण २०७८

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस