
चैत्र ११ सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका ३ खैरेनी भिर भन्ने ठाउमा यात्रुवाहक जीप दुर्घटना भएकाे छ ।कुमाख गाउँपालिकाकाे नेटा बजारबाट तिमिले, चिनाली, उचाल्ने हुँदै ढोरचौर श्रीनगर जाँदै गरेको भे. १ ज. १२१४ नम्बरको जीप आइतबार बिहान करिब १० बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि १८ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे ढोरचौर प्रहरीले जनाएकाे छ ।
गम्भीर घाइते हुनेमा शारदा नगरपालिका-११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका-३ का ५० वर्षका परविर रावत रहेका छन् । २ जनालाई शारदा मेट्रो अस्पताल श्रीनगरमा सामान्य उपचारपछि नेपालगञ्जतर्फ रिफर गरिएको छ । अन्य घाइतेहरुकाे अवस्था भने सामान्य रहेकाे छ । गाडीकाे ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको बताइएकाे छ । चालक र सहचालक दुवैलाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान भैरहेको छ ।