![](https://bpsanchar.com/wp-content/uploads/2023/10/default.png)
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा लोक नृत्य प्रतियोगिता कार्यक्रम संचालन र कार्यालय परिसरमा दीप प्रज्वलन गरि भव्यताका साथ मनाइएकाे छ । गाउँपालिका अध्यक्ष भरत गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका भित्रका आमा समुहहरुले लोक नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए । गाउँपालिकाको उपाध्यक्ष राम बहादुर वस्नेतको स्वागत तथा शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समविनि चन्द्रा देवकोटाले गर्नुभएको थियो । ५ वटै वडाबाट सहभागि भएका आमा समुहहरुको प्रस्तुतिलाइ मनिराम बुढाथोकी र जनकराज बस्नेतले जर्ज गर्नुभएको थियो ।
प्रथमः प्रगतिशिल स्वास्थ्य आमा समुह सिद्ध कुमाख १ ज्यामिरे पुरस्कारः नगत रु १२ हजार र प्रमाणपत्र
द्वितियः लालिगुँरास स्वास्थ्य आमा समुह सिद्ध कुमाख ५ दह पुरस्कारः नगत रु १० हजार र प्रमाणपत्र
तृतियः सिर्जनशिल स्वास्थ्य आमा समुह सिद्ध कुमाख ३ डाँडाकटेरी पुरस्कारः नगत रु ८ हजार र प्रमाणपत्र
सान्त्वनाः डाँफे मुनाल महिला समुह सिद्ध कुमाख ४ सितलटाकुरा पुरस्कारः नगत रु ५ हजार र प्रमाणपत्र