२०८१ चैत्र १० गते आइतवार

देउसी भैलौबाट संकलन भएको रकम क्यान्सर पिडितलाई सहयोगः

शारदा नगरपालिका १ पट्नेरी सल्यानमा रहेको पट्नेरी सामुदायिक भैली तथा साँस्कृतिक समुहले तिहारको अवसरमा खेलिएको पौराणिक सोरठी नाँच सहितको देउसी भैलौबाट संकलन भएको रकमबाट सोही समुदायका क्यान्सर पिडितलाई सहयोगार्थ हस्तान्तरण गरेको छ । समुहका अध्यक्ष शंकर बहादुर घर्तिले सहयोग रकम हस्तान्तरण गर्दै ४ दिन सम्म खेलिएको पौराणिक भैलीबाट १ लाख २२ हजार संकलन भएकोमा केही खर्च कला संस्कृतिको जगेर्णा गर्नको लागि छुट्टाएर बाँकी रकम क्यान्सर पिडितलाई दिइएको जनाउनुभयो ।

शारदा नगरपालिका १ पट्नेरी निवासी रुपा बुढाथोकी गत फागुन महिनाबाट क्यान्सर पिडित भएपछि उनको उपचार गर्न सहयोग होस भनेर समुहो तर्फबाट २५ हजार, त्यसैगरी सोही वडामा वस्ने क्यान्सर पिडित रिठा बहादुर खड्कीलाई १५ हजार र मृगौला पिडित नवराज बोहरालाई ५ हजार प्रदान गरिएको हो । साँस्कृतिक समुह सँगै हातेमालो गर्दै युवा समुहले पनि देउसी भैलौबाट संकलन भएको ३२ हजार ९० रुपैया क्यान्सर पिडित रुपा बुढाथोकीलाई हस्तान्तरण गरेको हो ।

यसरी साँस्कृतिक समुह र युवा समुह मिलेर ३ जना क्यान्सर पिडितलाई ७७ हजार ९० र युवा समाज सेवी सुरेस श्रेष्ठद्वारा व्यक्तिगत तर्फबाट ५/५ हजारको दरले ३ जना पिडितलाई प्रदान गरी जम्मा ९२ हजार ९० रुपैया प्रदान गरिएको हो । आफ्नै समुदायका दाजुभाई तथा दिदीवहिनीहरुले देउसीभैलौबाट जम्मा भएको रकम आफुलाई दिएपछि पिडितहरुले खुशि व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस