मेला तथा महोत्सव भन्ना वित्तिकै धेरै मानिसहरुको जमघट हुने गर्दछ । स्थानीय व्यापार, कला तथा संस्कृतिको प्रवर्धन र प्रचार प्रसार गर्नको लागि मेला तथा महोत्सवलाई महत्वपुर्ण माध्यमको रुपमा लिइन्छ । पछिल्लो समय स्थानीय स्तरमा लाग्ने मेला तथा महोत्सवहरुमा पनि पौराणिक स्थानीय झाँकीहरु प्रस्तुत भएको पाइन्छ । हालै सिद्ध कुमाख २ सल्यानमा सम्पन्न भएको साईकुमारी मेलामा पनि स्थानीय व्यापार(सुन्तला, बदाम, तरुल, शखरखण्ड लगायत) र स्थानीय झाँकीहरुमा लहरे, सोरठी, मयुँर र टप्पा नाँच प्रस्तुत भएको थियो । परापुर्वदेखि लाग्दै आएको साईकुमारी मेला यस वर्ष देउराली मावि सिद्ध कुमाख २ कालालेक सल्यानले आयोजना गरेको थियो । मेलामा साँस्कृतिक र खेलकुदका कार्यक्रम राखिएको थियो ।
प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार