२०८१ माघ २५ गते शुक्रवार

सल्यानमा १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कपुरकोटको रिममा सुरु

सल्यानको १४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नु भएको छ ।आइतबार जीवन ज्योती नमुना माद्यामिक बिद्यालय कपुरकोट गाउँपालिका ५ रिममा भएको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्वालाले खेलकुदको बिकासका लागि सरकार गम्भिर भएर लागेको बताउनु भएको छ । सरकारले खेलकुद प्रवर्द्धनका लागि बिभिन्न स्थानमा खेलमैदान, रंगशाला निर्माण बनाउने किसिमका कार्यक्रम अगाडी सारेको बताउनुभयो । उहाँले आगामी दिनमा खेलकुदलाई पहिलो प्राथामिकता दिएर बजेट ल्याउने बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि सल्यान प्रदेश सभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले सबै पालिकामा खेलमैदान निर्माणको काम तत्कालै सुरु गरिने बताउनुभएको छ । प्रत्येक पालिकामा खेलमैदान र प्रत्येक बिद्यालयमा खेलशिक्षक राख्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको उहाँले बताउनु भएको छ ।

जिल्ला खेलकुद बिकास समिति सल्यानको आयोजना, कपुरकोट गाउँपालिकाको व्यवस्थापन र जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिमको स्थानिय ब्यबस्थापनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सञ्चालन गरिएको हो । प्रतियोगितालाई भब्यताका साथ सम्पन्न गर्नका लागि सबै पालिकाबाट आएका खेलाडीको बसाई व्यवस्थापन, खानेपानी, औषधिउपचार लगाएतका काम गरिरहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १० वटै स्थानिय तहका करिब एक हजार खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्यले जानकारी दिनुभयो । जसमा भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्ट अन्र्तगतका विभिन्न विधाका खेलहरु हुने छन् ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस