२०८१ माघ २५ गते शुक्रवार

शारदा मेयर T-20 Cup पालिका स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन ३ खेल सम्पन्नः अर्धसतक प्रहार

२९ चैत्र, सल्यान । शारदा नगरपालिकाको आयोजनामा २८ गतेदेखि संचालन भएको शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज ३ खेल सम्पन्न भएका छन । पहिलो खेल शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका विचमा रहेको थियो । टस जितेर बलिङ रोजेको शारदाले १९ ओभर १ बलमै सम्पुर्ण विकेट लिदै १०९ रनको सामान्य लक्ष्य पाएको थियो जसलाई शारदा नपाले २ विकेटको क्षेतीमा १३ ओभर १ वलमै लक्ष्य भेटाएको थियो । शारदा नपा आशिस सिंहले सर्वाधिक ४१ रन जोड्न सफल भएका थिय भने कप्तान आश्विन सिंहले ४० रनको योगदान दिलाएका थिय ।

त्यसैगरी आज नै सम्पन्न भएको दोस्रो खेल सिद्ध कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिका विचमा रहेको थियो । टस हारेर व्याटिङ पाएको सिद्ध कुमाख गाउँपालिकाले ११ ओभर ३ वलमै सम्पुर्ण विकेट गुमाउदै त्रिवेणी गापालाई ८७ रनको झिनो लक्ष्य दिएको थियो जसलाई २ विकेटको क्षतिमै ८ ओभर १ वलमै भेटाउदै त्रिवेणी गापाले जित हासिल गरेको थियो । त्रिवेणी गापाको वलिङमा टेक बहादुर डाँगिले सर्वाधिक ७ विकेट लिन सफल भएका थिय ।

आज भएको अन्तिम खेल बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका विच रहेको थियो । टस जितेर व्याटिङ रोजेको बकुनपाले १९ ओभर ५ वलमा अलआउट हुदै बागचौर नपालाई १०७ रनको टार्गेट दिएको थियो । बकुनपालाई भरत विसीले अर्धसतकको योगदान समेत दिलाएका थिय । बकुनपाले दिएको लक्ष्यलाई बानपाले २ विकेटको क्षेतिमा १० ओभर २ वलमै भेट्टाउदै जित निकालेको थियो ।

आज भएका ३ वटै खेलमा शारदा, त्रिवेणी र बागचौरले समान ८ विकेटले जित हासिल गरेका हुन । शारदा मेयर T20 Cup मा सहभागि भएका ८ पालिकाहरु मध्ये बानपा र बकुनपाले २/२ खेल खेलेका छन भने अन्य सवैपालिकाले १/१ खेल खेलेका छन । समुह A मा २ खेल जित हासिल गर्दै बागचौर नपा अग्रपंतिमा रहेको छ भने समुह B मा त्रिवेणी गापा अग्रपंतिमा रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस