२०८१ माघ २५ गते शुक्रवार

पाँचौ अध्यक्ष कप-२०८१ उद्घाटन

“एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा पाँचौ अध्यक्ष कप २०८१ समुद्घाटन गरिएको छ । विविध साँस्कृतिक कार्यक्रम सहित महिला तथा पुरुष तर्फको भलिवल प्रतियोगिता हुने पाँचौ अध्यक्षकपमा गाउँपालिका भित्रका ५ वटै वडाको उपस्थिति रहेको छ । कार्यक्रम उद्घाटन समारोहमा आमासमुहहरुको लोक नृत्य तथा वडा नं ३ को पौराणिक लहरे नाँच प्रस्तुत गरिएको थियो । सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर बस्नेत लगायत ५ वटै वडाका वडाध्यक्षहरुले कार्यक्रम सफलताको सुभकामना दिनुभएको थियो । नेपालको राष्ट्रिय खेल भइसकेको भलिवल खेलमा खेलाडीहरुको भविष्य राम्रो रहेको भन्दै अनुशासितपूर्वक खेली खेलको माध्यमबाट सिद्ध कुमाखलाई चिनाउन जरुरी रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले जनाउनुभएको छ । सिद्ध कुमाख गाउँपालिकाबाट भलिवल क्षेत्रमा राष्ट्रिय स्तरसम्म खेलाडीहरु पुगिसकेको हुदाँ सवै खेलाडीहरु उत्साहित भएर खेल्नुपर्ने बताउनुभयो । ३ दिनसम्म संचालन हुने पाँचौ अध्यक्ष कप २०८१ को अन्तिम दिन कार्तिक १३ गते लोक दोहोरी प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता समेत संचालन हुने सूचना मार्फत पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस