विश्वकप छनोट खेलमा अर्ना बियरले खेलाडीको उत्कृष्ट प्रदर्शन बापत ६ लाख ७६ हजार रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।
विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। उसको घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने देखिएको हो ।बलिङतर्फ कुल २ लाख ९४ हजार र ब्याटिङतर्फ कुल ३ लाख ८२ हजार गरी कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो।
कुन खेलाडीले कति पाउँछन्?
कुशल भुर्तेल- १ लाख ९४ हजार (७४ रन, ८ चौका, २ छक्का)
आशिफ शेख- ६७ हजार (२७ रन, २ चौका, १ छक्का)
रोहित पौडेल- ९५ हजार (३५ रन, २ चौका, २ छक्का)
कुशल मल्ल- २६ हजार ( ६ रन, १ छक्का)
करण केसी- ६१ हजार (११ डट बल, २ विकेट)
सोमपाल कामी- १३ हजार (१३ डट बल)
अविनाश बोहरा- ९४ हजार (९ डट बल, १ मेडन, ३ विकेट)
सन्दीप लामिछाने- ६२ हजार (१३ डट बल, २ विकेट)
गुलशन झा- ६३ हजार (१३ डट बल, २ विकेट)