२०८१ माघ २५ गते शुक्रवार

टी-२० विश्वकप छनोट : पहिलो खेल अहिले विहान ९ बजे नेपाल र सिंगापुर भिड्दै

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ 

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस