२०८१ चैत्र १० गते आइतवार

युएईलाई १९ रनले पराजित गर्दै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर,  खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६ .५ ओभरमा अलआउट भयो। उसले १७८ रन मात्रै जोड्न सक्यो।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस