
बिपिन कार्की स्टारर ‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । शनिबार देशब्यापी रिलिज भएको फिल्मका शो हाउसफुल भएका छन ।दोस्रो दिन आइतबार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । निर्माताले ‘बम्पर’ ओपनिङ भएको बताएका छन् ।
सातवर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को स्पिन–अफको रुपमा रिलिज भएको फिल्मले एड्भान्स टिकट बिक्रीमा पनि उत्साहजनक ट्रेन्डलाई आत्मसात गरेको थियो । शनिबार र आइतबारमा फिल्मले २ करोड बढी कलेक्सन गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार