सनिशा फिल्म एण्ड इन्टरटेनमेन्टको ब्यानरमा बनेको तथा शुभारम्भ डिजिटल म्यूजिक प्रालिबाट बजार व्यवस्थापन गरिएको कमाउने नि हो रमाउने नि हो बोलको गितमा सुटिङको क्रममा बसन्तपुरमा रहेको एक इनारमाथि चढेर नाँचेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो । नेवा समुदायमा इनारलाई नाग देवताको रुपमा पुजा गर्ने र सो माथि चढेर नाँचेपछि अपमान गरेको भन्दै चर्को आलोचना भएको हो । गितका मुख्य कलाकारको रुपमा रहेको गायक तथा सर्जक प्रकाश सपुतले बुधवार मध्यरातमा आफ्नो फेसवुक वालमा लामो स्टाटस लेख्दै माफि मागेका छन । यस्तो छ उनको स्टाटस:
नमस्कार ! चार महिना अगाडि हामीले बसन्तपुरमा एउटा म्युजिक भिड़ियो को छायाङकन गर्ने क्रममा यो ईनार माथी थुप्रै मानिसहरु बसेर फोटो भिडियो बनाउदै रमाईरहनु भएको थियो । शर्ट राम्रो हुने देखे पछि निर्देशक ज्युले फ़्रेम लगाउनु भयो । भिडभाड ले गर्दा मानिसहरुलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गार्हो हुने भएकाले म कुनामा लुकेर बसेको थिए । एक्शन भने पछि फुत्त उक्लिए र नाचिहाले । भएको यत्ति हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ , नियत वा उदेश्य जोडिएको थिएन । यधपि हामीले तत्काल महशुस गर्यौ र त्यसरी टेकेर नाचेको पुरै सिन भिडियोमा राखेनौ । अरु मानिसहरु जस्तै बसेको सिन चाहि भिड़ियोमा छ । यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होईन ! म कलाकारको रुपमा त्यहा थिए र मलाई त्यसरी ईनार माथी चढ़न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवा: समुदाय प्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएको मा म दुखि छु । मनै देखि दुखि छु ।
अहिले यो ईनार वरिपरि फुलको गमलाले घेरिएको छ र ईनार माथी नबस्नु होला भन्ने सुचना राखिएको छ । यसपछि यो अझै सुन्दर र सुरक्षित बनेको छ । अब यहाँ न कुनै जोडि खुट्टा झुण्डाएर मस्किने छन, न कुनै प्रकास सपुत आएर छम छम नाच्ने छ । यो एउटा ऐतिहासिक महत्वको सम्पदा बनेर सजिने छ । यसरी नै हाम्रा सम्पदाहरुको संरक्षण हुदै जाने हो । यसमा म सधै सचेत छु । यो देश हामी सबैको हो । हामी सबै यही समाजका उपज हौ । गल्ती कमजोरीहरु सच्चाएर, सिकाएर, सचेत गराएर , एक अर्कालाई स्विकार गरेर समाज र देशलाई सुन्दर , सब्य, समृद्ध र समतामुलक बनाउने हो । एउटा कलाकारको रुपमा मलाई, मेरो व्यवहार, विचार र गतिविधि प्रति सधै प्रेम दिनु भएकोमा र कमजोरीहरुमा खबरदारी गर्नु भएको मा धन्यबाद ।धेरै – धेरै धन्यबाद ! देवि कुमारिले तपाईहरुलाई सकरात्मक उर्जा प्रदान गरुन र मलाई नया सिर्जना गर्ने क्षमता दिउन !भेटौला ! अर्को कुनै कथालय संगै भेटौला है ! आफ्नो ख्याल राख्नु होला !
उनको यो स्टाटस पछि भने उकका प्रशंसकहरुले तारिफ गरेका छन । जानअन्जानमा गल्ति हुने भएपनि गल्ति स्वीकार्नु नै महानता भएको प्रतिक्रिया दिएका छन ।