गायक कृष क्षेत्रीको सिस्ने हिमाल गितको अपार सफलता सँगै सिस्ने हिमाल २ सार्वजनिक भएको छ । क्षेत्रीले विशेष नेपालको मध्यपश्चिम क्षेत्रमा चर्चित झ्याउरे लोक नृत्यलाई संरक्षण गर्दै पछिल्लो समयमा कपुरकोटमा भिर, सिमसिमे पानीमा, रन्का बुदे रन्का जस्ता चर्चित गीतहरु पस्किसकेका छन ।
भर्खरै सार्वजनिक भएको सिस्ने हिमाल २ मा स्वंयम क्षेत्रीकै आवाज सजिएको छ भने शव्द संगित समेत उनको रहेको छ । उनिसँगै उक्त गितमा देवि बस्नेत, निर्मला बस्नेत, घनश्याम परियार लगायतका गायकगायिकाहरुको आवाज रहेको छ । सार्वजनिक गीतको भिडियोमा ममता राना, तिलक ठकुरी, प्रकाश सोनी, कुल बहादुर वली र दुर्गा बुढाथोकीको अभिनय रहेको छ । शरोज शाहीको छायाँकन, राज कुमार मगरको सम्पादन र तिलक ठकुरीको निर्देशन रहेको गीतमा बालकलाकार रोहनी चन्द ठकुरीको समेत अभिनय रहेको छ ।
सार्वजनिक भिडियोमा डान्सर ममता राना र हास्य कलाकार कुल बहादुर वलीको धमाकेदार डान्स रहेको छ । यो गीत डान्स गर्नेहरुले देखि पुराना लोक गित मनपराउने हरुको मनमा समेत वस्ने अपेक्षा गरिएको सर्जक कृष क्षेत्रीले जनाउनुभएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।