२०८१ माघ १३ गते आइतवार

आजदेखि ३ सिनेमा पर्दशनमाः कस्ले मार्ला बाजी

आज देखि नेपाली सिनेमा हलहरुमा ३ चलचित्रहरु पर्दशन हुदैछन । नायक बिराज भट्टको १२ गाउँ, दीपक-दीपाको ‘छक्का पञ्जा ५’ र जितु नेपालको ‘ज्वाइँ साब’ एकसाथ भिड्दैछन ।

१२ गाउँ

कुनै समय नेपाली सिनेक्षेत्रमा ​राज गरेका विराज भट्टको सिनेमा ‘१२ गाउँ’ यतिवेला चर्चा छ। सिनेमालाई भट्टको निर्माण तथा निर्देशन गरेका हुन्। उनले छोरा समीर भट्टराई यो सिनेमाबाट ‘डेब्यू’ गराएका छन्। अहिले सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ भन्ने गीत चर्चामा छ। एक्सनले भरिपूर्ण सिनेमामा  ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ। विराजले छोरालाई कस्तो रूपमा प्रस्तुत गरेका होलान्, दर्शकलाई चासो छ।  सिनेमामा भट्टका अलावा  न्यान्सी खड्का, सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।

छक्का पञ्जा- ५

चर्चित फिल्म छक्का पञ्जाको सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा छक्का पञ्जा-५ पर्दशनमा आएकाे छ । यसअघिका सिनेमाले राम्रो ‘हाइट’ लिएपछि यो टिम आफ्नो सिनेमा चल्नेमा ढुक्क छ। अहिले रिलिज भएका दुई गीत ‘बिहे भएको छैन’ र ‘ब्रेकअप’ गीत चौतर्फी आलोचना र चर्चामा रहेको छ। केही दिन अगाडि सिनेमाको ट्रेलर सार्वजनिक भएको थियो। ट्रेलरमा सिनेमा कमेडी, राजनीतिक विषयवस्तु र पारिवारको वरिपरि घुमेको देखाएको छ।दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ भने  फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन्।

ज्वाइँ साब

दीपक-दीपाको टिममा रहेका जितु नेपाल यतिबेला ‘ज्वाइँ साब’बाट पुन: चर्चामा छन्। छक्का पञ्जामा सिरिजमा नछुट्ने नेपाल अहिले भने बेग्लै सिनेमामार्फत छक्का पञ्जा समूहसँग भिड्न लागेका हुन्। यो फिल्मको ट्रेलरमा गोवर्द्धन पण्डित नामक एक गाउँको अर्धबैँसे पात्रको कथा देखिन्छ। उसको विवाह हुन सकेको छैन। त्यसैले योग्य वधुको खोजीमा छ। एक दिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति पाइने सूचना बज्छ। श्रीमती र सम्पत्तिको लोभमा रेडियो सुनेपछि गोवर्द्धन र उसका साथीले प्रतियोगितामा भाग लिन्छन्। कथा त्यसपछि के हुन्छ? आजदेखि फिल्म लागेको हलमा गएर हेर्नैपर्छ। सिनेमामा रहेको ‘कसम बत्तीको’  गीत यतिवेला खुबै चर्चामा छ। धेरै दर्शकले मन पराएका छन्। सिनेमामा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे लगायतको मुख्य भूमिका छ। सिनेमाको निर्देशन वसन्त निरौलाले गरेका हुन्। प्रस्तुतकर्ता राजकुमार पण्डित रहेको ‘ज्वाइँ साब’ रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा फिल्म निर्माण भएको हो।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस