२०८१ मङ्सिर १९ गते बुधवार

सिद्ध कुमाख गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनः

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज माघ १२ गते देखि १४ गते सम्म संचालन हुनेगरी गाउँपालिकाको अन्तर विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरिएको छ । सिद्ध कुमाख गाउँपालिका अध्यक्ष श्री भरत गिरीको अध्यक्षता र कर्णाली प्रदेश सामाजिक विकास मन्त्री मा. खड्ग बहादुर पोखरेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो । त्यसैगरी प्रतियोगितामा कर्णाली प्रदेश सभा सदस्य मा. लक्ष्मी सुनार, गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, वडा नं १ देखि ५ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य लगायत राजनैतिक दलका प्रतिनिधि, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । नेरा माविका प्रअ प्रदिप खड्काको स्वागत मन्तव्य द्वारा स्वागत गरिएको प्रतियोगिताको संचालन सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले गर्नु भएको थियो । सिद्ध कुमाख गाउँपालिकाको वडा नं ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा संचालन भै रहेकाे छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न ४ फरक फरक विद्याका खेलहरुमा विद्यालयहरुविच खेलाडीहरुको प्रतिस्पर्धा हुनेछ जसमा भलिवल, कवड्डी, एथलेटिक्स(फिल्ड र ट्रयाक) र मार्सल आर्ट विधाका खेलहरु समावेश हुनेछन । प्रतियोगिता उद्घाटन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै मा. खड्ग पोखरेलले खेलकुदको क्षेत्रमा प्रदेश सरकारले ठुलो लगानी गरेको बताउनु भयो । आगामी वर्ष १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुन लागेको सन्दर्भमा राष्ट्रिय गौरवको रुपमा खेलकुदमा लगानी गरिरहेको उहाँले बताउनु भयो । कर्णाली प्रदेशका ७९ वटै पालिकालाइ समान रुपमा विकास गर्न कटिबद्ध रहेको प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो । सिद्ध कुमाख गाउँपालिकाको तर्फबाट मायाको चिनो स्वरुप सामाजिक विकास मन्त्री मा. पोखरेललाई सल्यानी खुकुरी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस