२०८१ माघ २५ गते शुक्रवार

राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता (सूचीसहित हेर्नुहोस)

आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार अन्तिम दिनसम्म सो संख्यामा उम्मेद्वारी दर्ता भएको हो ।सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने निर्वाचन आयोगले जनाएको छ ।

सूचि हेर्न तलको फाइल डाउनलोड गर्नुहोला ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस