२०८१ माघ १३ गते आइतवार

ज्याकेट र जुत्तामा लुकाएर ल्याइएको १४ किलाे सुन मध्यरातमा बरामद

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घले र सुन ल्याउन लगाउने मिन घलेलाई प्रहरीले प्रकाउ गरेको छ ।

दुई दिनअघि मात्र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।

यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो । यसरी नेपालमा अवैध रुपमा ल्याएको सुन पछिल्लो समय लगातार बरामद भै रहेको छ तर केहि वर्ष अगाडी अवैध रुपमा नेपाल भित्रिएको ३३ किलो सुन हाल सम्मपनि पत्ता लागेको छैन ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस