
कार्तिक २७, सल्यान । सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा रहेको निराजन माध्यमिक विद्यालयले आत्मनिर्भर कोष सहयोगार्थ तिहार विशेष देउसीभैलो खेलेेको छ । कार्तिक २६ गते १२ बजेदेखि ४ बजेसम्म ४ घण्टामात्र खेलेको देउसी भैलोबाट ५०५०० रूपैयाँ जम्मा भएको निराजन माविका प्रअ धर्मराज घर्तीले जानकारी दिनुभएको छ ।
शिक्षक, विद्यार्थी तथा अभिभावकहरू स्वतस्फूर्त रूपमा जोडिएर खेलेको देउसीभैलोमा राष्ट्रिय कलाकार भागिरथ चलाउनेको समेत सहभागीता रहेको थियो । चलाउने यस विद्यालयका पुर्व विद्यार्थी समेत हुन ।


प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार