२०८१ माघ २५ गते शुक्रवार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका राहत र उद्धार सामग्री सहित भुकम्प प्रभावित क्षेत्रमा जादै

सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट तिर गएको छ । वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य सहित स्वास्थ्यकर्मी, औषधि, राहत सामाग्री सहित दुई वटा एम्बुलेन्स र घाइतेलाई उद्धारको लागि
दुई वटा गाडी सहित जाजरकोट र रुकुम प्रस्थान गरेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस