२०८१ मङ्सिर १९ गते बुधवार

मुगुमा धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहरा सहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।

‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’ । प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए । अहिले घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस