२०८१ मङ्सिर १९ गते बुधवार

जडिबुटीले भरिपूर्ण नेपालमा पतञ्जलीले १ अर्ब लगानीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने

भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ।

पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।

योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्।४० वर्षपछि पहिलोपटक दसैं मनाउन गृह जिल्ला स्याङ्जा गएका आचार्य बालकृष्णले रूपन्देही फर्किएपछि पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस