महानायक राजेश हमालले बुधबार मात्र दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिएका हुन । दशमीकै दिनमा आमाको निधनको तिथि पर्ने भएकाले उनले त्यसको भोलिपल्ट मात्रै टीका लगाउँदै आएका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार