बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने एक अर्ब रूपैयाँ लगानीमा बनिरहेको सिद्धार्थ केबलकार मंसिरभित्रै सञ्चालनमा ल्याइने भएको छ। हालसम्म ८५ प्रतिशत काम सकिएको छ ।
२०७७ फागुन ९ गते शिलान्यास भई निर्माण गर्न थालेको दुई वर्षभित्रै सञ्चालनमा ल्याउने योजना भएतापनि कोरोना महामारीका कारण केही ढिलाइ भएको हो तर अबको डेढ महिनाभित्रै केबलकार सञ्चालनमा ल्याइने केबलकार प्रालिले जनाएको छ।
‘दसैंलगत्तै रोप-वे जडान गरेर परीक्षण गर्ने र तिहारको १०/१२ दिनपछि सञ्चालन गर्ने गरी काम भइरहेको प्रालिले जनाएको छ ।
बुटवलमा नै यसअघि गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको लुम्बिनी केबलकार सञ्चालनमा आइसकेको छ।
प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार