२०८१ माघ १३ गते आइतवार

अब दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन: डिजिटल दक्षिणा उपयुक्त विकल्प

सर्वसाधारण दशैं तिहारमा नयाँ नोट नै खोज्ने हुँदा राष्ट्र बैंकले हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्ने परम्परागत कार्य अझै रोक्न सकेको छैन । चाडबाडको समयमा खासगरी ५, १०, ५० र १०० रुपैयाँसम्मका साना दरका नोट बढी आपूर्ति हुने गरेका छन् ।

नगद कारोबारलाई निरुत्साहित गर्ने योजनाअनुरूप नोटको प्रचलन कम गर्न बैंक तथा भुक्तानीप्रदायक कम्पनीहरूले दसैँमा दक्षिणा लेनदेनका लागि सहज पार्ने भन्दै विभिन्न अफर ल्याएका छन। नेपालीहरु विश्वका अधिकांश राष्ट्रमा पुगिसकेका र दशैंको बिदामा घर आउन नसकेकाले आफन्तजनलाई डिजिटल रुपमा भए पनि दक्षिणा पठाउने गरिएको छ । नगद दक्षिणा दिनुको साटो क्युआर कोड स्क्यान गरेर, मोबाइल बैंकिङ, डिजिटल वालेट प्रयोग गरेर घरका साना नानीबाबुहरुलाई दक्षिणा पठाउने ट्रेन्डको शुरुवात भइसकेको छ ।

कोभिडदेखि सुरू भएको डिजिटल कारोबार अहिले वृद्धि भएर दक्षिणा दिन समेत प्रयोग भएको छ । यसले सामाजिक दुरीलाई बढाउदैछ भने विश्वलाई साँघुरो बनाउदै छ ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस