प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।
विजयादशमी २०८० का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहाललेसरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण रहेको बताए ।
प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार