२०८१ चैत्र १० गते आइतवार

विजया दशमी मुख्य दिन: मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै खुसी साटेर दशैं मनाइदैं

आज विजया दशमी, अर्थात टीका लगाउने दिन, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंकाे टीकाकाे उत्तम साइत मध्यान्ह ११ बजेर २ मिनेटमा निकालेकाे छ ।  त्यस अघि देवि बिसर्जन गरी मान्यजनबाट देवीकाे प्रसादकाे रूपमा टीका लगाउने गरिन्छ । टीका ग्रहण गर्दा पूर्वी माेहडा फर्किएर बस्नु उत्तम मानिन्छ । दशैको पुरै दिन शुभ मानिने हुदाँ साइत नै कुर्नुपर्ने आवश्यक भने हुदैन ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस